Categories समाचार

रुपन्देहीमा २९ वर्षीय युवकको गोली हानी हत्या

काठमाडौं । रुपन्देहीमा आज शनिबार एक युवकको गोली हानी हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको गोली हानी हत्या गरिएको हो।

Advertisement

लोधलाई बिहान घरको बरन्डामा रगताम्मे अवस्थामा फेला पारिएको थियो।

Advertisement

प्रहरीका अनुसार घटनापछि मृतकका दाजु फरार रहेकाले उनको खोजी जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *