सिरहा । सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई केहीबेर अघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै फरार रहेका उनलाई केही समयअघि मात्रै पक्राउ गरिएको मधेश प्रदेश प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई केहीबेरमै आधिकारिक रूपमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।






