Categories समाचार

कुलमान घिसिङलाई हटाउन सरकारले कुनै चलखेल गरेको छैन : मन्त्री खड्का

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने क्रममा कुनै किसिमको चलखेल नगरेको बताएका छन्।

आज तनहुँको डुम्रेमा सुरु हुने सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “सरकारले एउटा कर्मचारीलाई हटाउन के चलखेल गर्नुपर्छ र? सरकारको आवश्यकता अनुसार कर्मचारीलाई हटाउन सकिन्छ र आवश्यकताअनुसार नयाँ कर्मचारी राख्न पनि सम्भव छ।”

Advertisement

मन्त्री खड्काले विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई सम्मान गर्ने र गलत कार्य गर्नेलाई दण्डित गर्ने कुरा पनि स्पष्ट पारे।

Advertisement

प्राधिकरणको कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अंक प्राप्त भएको विषयमा प्रश्न उठाउँदा, मन्त्री खड्काले जवाफ दिदै भने, “जसरी विद्यार्थीको जाँचमा उपस्थिति नभएमा के हुन्छ, यस अवस्थामा पनि त्यस्तै भएको हो। कार्यसम्पादन समयमा नभएर अंक प्राप्त गर्न नसकेको हो।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *