वीरगन्ज । आगामी चैत्त ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा विद्यार्थी नेता राजु गुप्ता चर्चामा आएका छन् ।
विद्यार्थीहरुको समस्यालाई लिएर दिनरात कलेज चहार्ने गुप्ता लाई प्राथमिकतमा राखेको विद्यार्थीहरु बताउँछन् । ठाकुर राम बहुमुखी क्याम्पसमा विभिन्न राजनीतिक पार्टीबाट चुनाव लड्ने विद्यार्थी नेताहरु भएपनि गुप्ता एक इमोशनको रुपमा उभिएका छन् ।
ठाकुर राम बहुमुखी क्याम्पसमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला गुप्ता जातपातभन्दा पनि व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा गुप्ता अन्य उम्मेदवारभन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् ।
उनको योजनामा परीक्षा प्रणाली सुधार गर्नुपर्छ ठाकुर राम क्याम्पसमा परीक्षा प्रणाली सुधार गर्नु पनि अहिलेको मुख्य आवश्यकता रहेको उनले बताएका छन। विद्यार्थी भर्नादेखि अध्ययन, अध्यापनसम्मको अभिलेख राख्नुपर्ने भन्दै गुप्ताले आफ्नो पहिले प्राथमिकतामा राखेका छन् ।
यस्तै उनले ठाकुर राम क्याम्पस परिसर सफा, सुन्दर र शान्त वातावरणको हुनुपर्ने भन्दै विद्यार्थी बस्ने होस्टलको दुरावस्था रहेको बताए। उनले त्यसको सुधारको आवश्यकता औंल्याए। उनले पुस्तकालय समेत सबै विद्यार्थीहरुको पहुँचमा नभएको उल्लेख गर्दै उनले पुस्तकालयलाई डिजिटल प्रविधिमार्फत विद्यार्थीको पहुँचमा पुर्याउने प्रतिवद्धता गरे।
यी योजनाहरूले क्याम्पसको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।






