Categories धर्म/संस्कृति

वीरगंज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्व मनाउन मेयर सिंहद्वारा खाद्यान्न सामग्री सहयोग

Advertisement

वीरगंज । वीरगंज कारागारमा रहेका मुस्लिम कैदीबन्दीलाई रमजानमा साँझको इफ्तारी गर्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।

कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीलाई पुग्ने सामग्री उहाँले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको हो । महानगरप्रमुख सिंहले पठाउनु भएको सामग्री कारागारका निमित्त प्रमुख रुपक मण्डललाई हस्तान्तरण गरिएको प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिनुभयो ।

Advertisement

इफ्तारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, चना, रुवाब्जा तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिनुभयो ।

Advertisement

मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समुदाय दिनभर पानी समेत नखाई निराहार बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्छन् ।

कारागारमा कैदी जीवन बिताइरहेकाहरूलाई इफ्तारी गर्न खाद्य सामग्रीको अभाव नहोस् भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराउनुभएको हो ।

खाद्य सामग्री हस्तान्तरण गर्न खैरुद्धिन हवारी, भुषाल चौरसिया, हफिज मियाँ, सर्फुद्दिन मियाँ, सलाउद्दिन मियाँलगायतको टोली कारागार पुगेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *