Categories समाचार

कुशवाहा बुद्धिजीवी सेवा समाज नेपालद्वारा होली मिलन समारोह सम्पन्न

Advertisement

वीरगन्ज । कुशवाहा बुद्धिजीवी सेवा समाज नेपालद्वारा होली मिलन समारोह सम्पन्न गरिएको छ।

सोमबार कुशवाहा बुद्धिजीवी सेवा समाज नेपाल तथा नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति पर्साको संयुक्त आयोजनामा होली मिलन समारोह सम्पन्न भएको हो ।

Advertisement

नेपाल कुशवाहा कल्याण समाजका उपाध्यक्ष अरुण कुशवाहाको अध्यक्षतामा कार्यक्रम भएको थियोे भने प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाको रहनुभएको थियो ।

Advertisement

विशिष्ट अतिथिमा केन्द्रीय सदस्य सुरेश कुशवाहा, नरसिंह कुशवाहा, अतिथिमा डा. राजदेव कुशवाहा, डा.दीपक कुशवाहा, डा. सुदर्शन कुशवाहा, प्रमोद कुशवाहा, विजय कुशवाहा, हरिन्द्र कुशवाहा, अवध कुशवाहा, अनिल कुशवाहा, श्याम कुशवाहा, लगायत कुशवाहा बुद्धिजीवी, शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन मनोज कुशवाहाले गरेका थिए भने स्वागत मन्तब्य कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साको अध्यक्ष सन्दिप कुशवाहाले व्यक्त गरेका थिए।

कार्यक्रममा किशोरी महतो, कृष्णा मेहता, मनिष कुशवाहा, मातृका कुशवाहा, निधि कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *