वीरगन्ज । वार्षिकोत्सबको अवसरमा १४ जना अपांगता भएका व्यक्तिहरुलाई ह्विलचेयर सहयोग गरिएको छ ।
बाराको परवानीपुरमा रहेको केडिया आँखा अस्पतालले आफनो ५० औं वार्षिकोत्सबको अवसरमा विभिन्न पालिकाका शारीरिक अपांगता भएका १४ जना व्यक्तिहरुलाई एक/एक थान ह्विलचेयर प्रदान गरेको छ ।
कलैया उपमहानगरपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, सिम्रौनगढ नगरपालिकाका १ जना र आदर्शकोतवाल गाउँपालिकाका ८ जना गरि १४ जनालाई निजहरूको घर घरमै पुगी ह्विलचेयर प्रदान गरिएको हो ।
सामाजिक अभियन्ता प्रकश थारुको पहलमा यी शारीरिक अपागंता भएको व्यक्तिहरुको घर घरमा पुगि यकिन गरि ह्विलचेयर उपलब्ध गराइएको जनाइएको छ ।
केडिया आँखा अस्पतालका प्रतिनिधि भरत ठाकुर, सुशील पटेल, अपांग महासंघका सदस्य सुनिल कुमार यादव, वार्ड अध्यक्ष जवाहीर , मिथिला सार्थी समाजका कोषाध्यक्ष जितेन्द्र पटेललगायत स्थानीयहरुको उपस्थितिमा ह्विलचेयर उपलब्ध गराइएको छ ।






