Categories एजेन्सी

पाकिस्तानी राजदूतलाई अमेरिकाले गर्‍यो ‘डिपोर्ट’, विमानस्थलबाटै फिर्ता

Advertisement

वासिंटन l अमेरिकाले पाकिस्तानी राजदूतलाई विमानस्थलबाटै ‘डिपोर्ट’ गरेको छ । अमेरिका प्रवेश गर्न खोजेका पाकिस्तानी राजदूतलाई लस एन्जलस विमानस्थलबाटै फर्काइएको हो ।

समाचार एजेन्सीहरूका अनुसार तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत केके अहसान वगानलाई अमेरिकाले लस एन्जलस विमानस्थलबाटै फर्काइदिएको हो । उनी तुर्कमेनिस्तानबाट अमेरिका गएका थिए ।

Advertisement

अमेरिकी अध्यागमन कर्मचारीले राजदूत वगानलाई विमानस्थलमा रोकेका थिए । उनीसँग प्रवेशाज्ञा र आवश्यक कागजात रहे पनि फिर्ता पठाइएको बताइन्छ । उनी निजी भ्रमणका लागि अमेरिका जाँदै थिए ।

Advertisement

पाकिस्तानका विदेशमन्त्री इशाक डार र विदेश सचिव अमीना बलोचलाई उक्त घटनाका बारेमा जानकारी गराइएको छ । पाकिस्तानी विदेश मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावास ९कन्सुलेट० कार्यालयलाई यसबारे जाँच गर्न आदेश दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

राजदूत वगान लामो समयदेखि पाकिस्तानको विदेश सेवामा कार्यरत छन् । उनले काठमाडौँस्थित पाकिस्तानी दूतावासमा द्वितीय सेक्रेटरीका रूपमा पनि काम गरेका थिए । यस अतिरिक्त उनले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावासमा पनि काम गरेका थिए । उनले मस्कटमा पाकिस्तानी राजदूतका रूपमा काम गर्नुका साथै नाइजरस्थित दूतावासमा पनि काम गरेका थिए । एजेन्सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *