Categories समाचार

भोजपुरी प्रतिष्ठानद्वारा होलीको अवसरमा सांगीतिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान, वीरगन्जद्वारा होलीको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिष्ठानले स्थानीय कलाकार र बुद्धिजीवीको उपस्थितिमा पारम्परिक गीतहरुको प्रस्तुतिसंगै होलीको महत्त्वबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

वीरगन्जको कन्या माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको सांगीतिक तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय कलाकारहरूले ओझेलमा परेका होलीका गीतको प्रस्तुतिले दर्शकहरुलाई झुमाएका थिए भने कार्यक्रममा सहभागी वक्ताहरूले होलीको महत्त्व, विधि र अन्य पक्षबारे चर्चा गरेका थिए ।

Advertisement

स्थानीय कलाकार रामबालक सर्राफ, नेपाल भोजपुरी समाज पर्साका अध्यक्ष ध्रुव सिंह ठकुरी, शम्भु बाबा, छोटु राज, उपेन्द्र उज्ज्वल, पप्पु पटेलले सांगीतिक प्रस्तुति दिएका थिए भने वक्ताको रुपमा प्रतिष्ठानका सल्लाहकार दिनेश गुप्ता, प्रमोद पाण्डे र नेपाल भोजपुरी समाजका उपाध्यक्ष रितु राजले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले होलीको मौलिकता हराउँदै गएको बेला प्रतिष्ठानले गरेको प्रयास सराहनीय रहेको भन्दै प्रसंसा गरेका थिए । आधुनिकताको नाममा चली आएको परम्परा र लोक गीतहरू लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै अझै हाम्रो संस्कार, संस्कृति, लोक गीत बारे जानकार व्यक्तिहरु ओझेलमा रहनुभएकोमा यस्ता कार्यक्रमहरुले समग्र रुपमा भाषा, संस्कृतिमा सहयोग पुग्ने जिकिर गरे ।

प्रतिष्ठानकि अध्यक्ष अनिता साहको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा, वरिष्ठ साहित्यकार गणेश लाठ, समाजसेवी प्रकाश थारु, स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहा, राधेश्याम गुप्ता, दिनेश कुश्वाहा, मुन्ना ठाकुर, प्रतिष्ठानका अमोद गुप्ता, अजय चौरसिया, मुकेश महतो, सदस्य सचिव अमित अग्रवाललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानकि माधुरी महतोले गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *