Categories समाचार

सर्लाहीमा नेपाली नक्कली नोटसहित पाँच जना पक्राउ

Advertisement

जनकपुरधाम। सर्लाही सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।

Advertisement

पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी र सोही स्थानकी ३५ वर्षीया सिहानता कुमारी देवी छन्।

Advertisement

प्रहरीका अनुसार, भारतबाट नेपाल प्रवेश गर्दै गर्दा बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। खानतलासी गर्दा उनीहरूको साथबाट नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ८८ बण्डलमा राखिएको नेपाली नक्कली नोट १७६ थान (कुल एक लाख ७६ हजार रुपैयाँ) फेला परेको छ। उक्त नक्कली नोटहरू एक हजार दरको नोटको तलमाथि वास्तविक जस्तो देखिने नोट राखेर बीचमा सेतो कागज राखेर तयार गरिएको थियो।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *