Categories धर्म/संस्कृति

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै, तराई–मधेशमा भोलि

Advertisement

काठमाडौं l देशका पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदैछ। विगत केहि वर्षदेखि चितवनमा दुई दिन नै फागु पर्व मनाउने गरिएको छ । यो पर्व फाल्गण शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने आज बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ।

यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर बनाएर मनाउने चलन छ। यही पर्वलाई तराई–मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ।

Advertisement

फागु पर्वलाई होली पनि भनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

Advertisement

फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक विदा दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *