वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४९ औं साधारण सभामा शारीरिक सुगठन खेलाडी करण यादवलाई सम्मान गरिएको छ।
सन २०१६ मा वीरगञ्जमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा प्रथम स्थान हासिल गरेका यादव विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जित्दै वीरगञ्जलाई चिनाउन सफल भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले यादवलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन्।
करण यादव शारीरिक सुगठनका राष्ट्रिय खेलाडी हुन्। साथै, उनी वीरगञ्जमा पब्लिक फिटनेस सेन्टर का सञ्चालक समेत हुन्।






