Categories एजेन्सी

अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ : अर्डर गरेको ४८ सेकेन्डमा खाना टकार्छ

Advertisement

बिरगंज l एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १.४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त खानेकुरा ल्याएर टक्राइदिन्छ । त्यो रेष्टुरेन्टमा वेटरलाई टिप पनि दिनु पर्दैन ।

चीनको दक्षिणपूर्वी सहर सेन्जेनमा रहेको एउटा चाउचाउ रेष्टुरेन्ट पूर्णरुपमा स्वचालित छ । त्यहाँ हरेक कामका लागि रोबोटिक्सको प्रयोग हुन्छ । यस रेष्टुरेन्टमा १० वटा अलग अलग खालका खानेकुरा पाइन्छन् । ती सबै खानेकुरा रोबोटले नै तयार पारेका हुन् ।

Advertisement

उक्त अटोम्याटिक रेष्टुरेन्टमा बटन थिचेको ४८ सेकेन्डभित्रै रोबोटले ग्राहकलाई एक कचौरा चाउचाउ ल्याएर दिन्छ । त्यसको मूल्य ९.९ युआन अर्थात् करिब २०० रुपैयाँ पर्दछ । उक्त अटोम्याटिक रेष्टुरेन्टमा नूडल्सका परिकार खानका लागि मानिसहरुको भीड लाग्ने गरेको छ ।

Advertisement

त्यहाँ मीट सूप नूडल्स तथा स्टिर फ्राइड नूडल्सका अलावा म्यारिनेटिड अण्डा तथा ग्रिल्ड ससेज जस्ता परिकार पनि त्यहाँको मेन्यूमा रहेका छन् । त्यसको मूल्य ६ देखि २० युआनसम्म रहेको छ । ग्राहकले सेल्फ सर्भिस कियोस्क मेसिनको माध्यमबाट आफ्नो अर्डर दिन्छन् र भुक्तानी गर्दछन् । साथै एउटा पारदर्शी झ्यालको माध्यमबाट रोबोटले खाना पकाएको दृश्य पनि छर्लंगै देख्न पाउँछन् ।

जहाँ रोबोटले पिठो मुछ्दछ

उक्त रेष्टुरेन्टमा रोबोटले पिठोमा पानी मिसाउँछ र मुछ्ने काम गर्दछ । अनि त्यसलाई गोलो आकारमा थिच्छ र नूडल्सको रुपमा काट्दछ । यो सबै काम ८ सेकेन्डभित्र हुन्छ । त्यसपछि मासु र नूडल्सलाई एउटा कचौरामा हालिन्छ र तातो पानी राखिन्छ । अनि नूडल्स ४० सेकेन्डमा पाक्दछ ।

अन्त्यमा एउटा रोबोटिक हातले नूडल्सको बाफले भरिएको कचौरा ल्याएर ग्राहकलाई पस्किन्छ । त्यसको माथि हरियो प्याज हालिन्छ । एकजना ग्राहकले त्यसरी रोबोटद्धारा पकाइएको पस्किएको नूडल्स पूर्णरुपमा पाकेको र मासु पनि ताजा तथा नरम रहेको बताए ।

सो रेष्टुरेन्टका एकजना प्रतिनिधिका अनुसार नूडल्स बनाने मेसिनको निर्माण गर्न १० वर्ष लागेको थियो। त्यहाँका हरेक मेसिनको मूल्य तीन लाख ३० हजार युआन अर्थात् ४६ हजार अमेरिकी डलर छ । २० भन्दा धेरै प्रकारका ब्लेडले सुसज्जित ती मेसिनले ८ सेकेन्डभित्रैमा विभिन्न आकारका नूडल्स बनाउन सक्दछन् । एजेन्सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *