Categories समाचार

ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते

Advertisement

काठमाडौं । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासि पड्किएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले सिलिन्डर पड्किदा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका बताएको छ ।

Advertisement

उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको छ । जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् ।

जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासि पड्किएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *