Categories समाचार

सचिव पदमा स्वतन्त्र उम्मेदवार सन्तोष साहको लोकप्रियता

Advertisement

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको छ। आगामी चैत ५ गते हुने निर्वाचनलाई लिएर क्याम्पसभित्र र बाहिर माहोल निकै तातेको छ। उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसारमा व्यस्त छन्, भने विद्यार्थीहरू पनि विभिन्न उम्मेदवार र समूहका एजेन्डामा चासो राख्न थालेका छन्।  

स्ववियु निर्वाचन समितिका अनुसार १४ वटा सङ्गठन तथा समूह चुनावी प्रतिस्पर्धामा छन्। सभापतिदेखि अन्य पदका उम्मेदवारहरू विद्यार्थीहरूका बिचमा भोट माग्न सक्रिय छन्। यद्यपि, चर्चामा सीमित केही उम्मेदवार मात्र रहेका छन्।  

Advertisement

यस पटकको स्ववियु चुनावमा भोट फोर चेन्ज (Vote for Change) स्वतन्त्र विद्यार्थी यूनियनबाट सचिव पदका उम्मेदवार सन्तोष साह अग्रपंक्तिमा देखिएका छन्। साहले दलीय व्यवस्थाले क्याम्पसलाई ताला बाहेक केही दिन नसकेको भन्दै अबको चुनावमा स्वतन्त्र उम्मेदवार नै विकल्प भएको बताएका छन्।  

Advertisement

साह विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनले शैक्षिक सुधार, विद्यार्थी अधिकार र आवश्यक सहयोगका विषयमा निरन्तर काम गर्दै आएका छन्। शालीन व्यक्तित्व, मीठो बोली र भद्र स्वभावका कारण विद्यार्थीहरूमाझ उनको लोकप्रियता बढ्दै गएको देखिन्छ।  

स्ववियु निर्वाचनको नतिजाले ठाकुरराम बहुमुखी क्याम्पसको विद्यार्थी राजनीति र नेतृत्वमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *