Categories समाचार

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

बिरगंज l प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ।

बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

Advertisement

प्रश्नोत्तरका लागि लागि सांसदहरूबाट अगाडि नै प्रश्न लिइएको हुन्छ। सो प्रश्नमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन्।

Advertisement

प्रश्नोत्तर अरू कार्यसूची पनि तय गरिएका छन्।

बैठकमा अर्थमन्त्री विष्णु  पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो विधेयकमाथि दर्ता भएको संशोधनहरूलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यसपछि अर्थमन्त्री पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

hfqtj4hukofl3b7v-1-1742437570.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *