Categories समाचार

एसईई : दोस्रो दिन नेपाली बिषयको पनि प्रश्नपत्र आउट

Advertisement

बिरगंज l एसईई परीक्षा अन्तर्गत आज दोस्रो दिन नेपाली बिषयको पनि प्रश्नपत्र आउट भएको छ ।

परीक्षा हलमा मोवाईल लिएर प्रवेश निषेध गरिएको भएपनि सो प्रश्नपत्र मोवाइलबाटै फोटो खिचेर पठाइएको पाइएको छ । कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो सो खुल्न सकेको छ । एसईई अन्तर्गत पहिलो दिन अंग्रेजी बिषयको प्रश्नपत्र समेत आउट भएको थियो ।

Advertisement

यस वर्ष मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन् । शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिईरहेका छन् ।

Advertisement

शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालका अनुसार यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछ । धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले एसईईमा सहभागीता जनाउने उनले जानकारी दिए ।

चैत ७ गतेदेखि १९ गतेसम्म हुने परीक्षाका लागि ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइने उनले बताए। यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइने शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो वर्षको एसईईमा मधेश प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण गर्दा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइने निर्देशनालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *