Categories समाज हाइलाइट-समाचार

छोरीको साथीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा अनवर पक्राउ

Advertisement

पर्सा । पर्सामा एक किशोरीमाथि पटक–पटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा पर्सा प्रहरीले एक जना ५२ वर्षीय पुरुष पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा शेख महमद अनवरलाई पर्सा प्रहरीले पक्राऊ गरेको हो ।

Advertisement

पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Advertisement

प्रहरी उपरीक्षक मिश्रका अनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाएर पटक–पटक बलात्कार गरेका थिए । साथै आरोपितको छोरी र पीडित एकै कक्षामा पढ्दै आएकोले चिनजान भई आरोपीतको घरमा गएका बेला आरोपितले पानीमा नशालु पदार्थ खुवाई पटक पटक बलत्कार गरेका थिए । 

उनका अनुसार आरोपितले पीडित किशोरीलाई अन्य व्यक्ति तथा परिवारजनमा बताए ज्यानले मार्ने जस्ता धाकधम्की दिँदै पीडितलाई डराउँदै आएका थिए । पछि गर्भ भएसंगै परिवारजनले थाह पाई उजुरी लिएर आएपछि थाह पाएको उनले बताए ।

पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेको हो ।

प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले आरोपी विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *