Categories समाचार

देवरले आफ्नै भाउजूको हत्या

हेटौंडा l हेटौँडा उपमहानगरपालिका–१ स्थित चौकीटोलमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्।

राहुल भन्ने रमेश दासले बुधवार भाउजु गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गुडियाका श्रीमान वैदेशिक रोजगारीमा कतारमा रहेको प्रहरीले जनाएका छन्।

Advertisement

रमेशले जेठी भाउजु वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

Advertisement

उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको अर्यालको भनाइ छ।

दाजु २८ वर्षीय रुपेश दासलाई रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेका थिए। उनलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो। निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *