Categories समाचार

२ सय ३५ किलो लागूऔषध गाँजासहित मिनी ट्रक र चालक पक्राउ

Advertisement

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट प्रहरीले २३५ किलो लागूऔषध गाँजासहित मिनी ट्रकसहित चालक पक्राउ परेका छन् ।

सोमबार साँझ पौने ७ बजे बि.पि. राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनिट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा फेला परेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोली चेकजाँचका क्रममा, ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको २० वटा पोकामा २३५.६ किलोग्राम गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

Advertisement

उक्त मिनिट्रकका चालक मकवानपुर थाहा नगरपालिका ७ डाडाबासका २७ वर्षीय कबिराज गोलेलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *