वीरगञ्ज l आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर बिरगंजलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।
आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बिरगंजमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।






