Categories धर्म/संस्कृति

चैती छठको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

वीरगन्ज । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । हिजो मंगलबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ। जसलाइ सँझीया घाटे पनि भनिन्छ। छठको मुख्य दिन बिहीबार साँझ ब्रतालु महिलाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

Advertisement

सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ।

Advertisement

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन शुक्रबार बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *