Categories राजनीति

कांग्रेस एमाले छाड्दै जसपामा प्रवेस, मेयर सिंहले गरे स्वागत

Advertisement

वीरगंज । जनता समाजवादी पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लहर चलेको छ ।

वीरगंज महानगरपालिका वडा नं. ३१ मा बुधबार आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेस, एमाले र माओवादी पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका हुन् ।

Advertisement

वीरगंज वडा नं. ३१ का नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका सचिव रंजित महतो, पुर्व वडा सदस्य गिता देवी नुनियाँ, कांग्रेसको कृयासल सदस्य चाँदनी देवी लगायत १५० भन्दा बढी जसपामा प्रवेस गरेको जनता समाजवादी पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले जानकारी दिनुभयो ।

Advertisement

यस्तै नेकपा माओवादी परित्याग गर्दै मदिना खातुन, नेकपा एमालेबाट सकिल मियाँ ठाकुर, ढोराही चौधरी, रिका देवी साह, सुरेन्द्र महतो, शम्भु महतो लगायत पनि जसपामा प्रवेस गरेको सचिव सहनीले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई महानगरपालिकाका प्रमुख समेत रहनुभएका जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मधेस र मधेसीको अधिकार स्थापित गराउने पार्टी नै जसपा रहेकाले सबै जना एकताबद्ध हुन आह्वान गर्नुभयो ।

यस्तै पार्टी प्रवेश कार्यक्रममा पूर्व मन्त्री एवम् केन्द्रीय सदस्य मोहन चौधरी, मधेस प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, महानगर अध्यक्ष इश्वर चन्द्र यादव, पवन पंजियार, रवि पंजियार, विजय पंजियार लगायतको सहभागिता रहेको थियो ।

जसपा वडा नं. ३१ का इकाई अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको सहजिकरण ऐमामुल अंसारीले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *