Categories समाचार

अवैध रुपमा सुनचाँदी ओसारपसार गर्ने तीनजना भारतीय पक्राउ

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्ने तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल प्रान्त,जिल्ला हुगली नन्दपुर बस्ने बटु रंग र रंग संगै काम गर्ने पश्चिम मेदिनीपुर जिल्लास्थित किशोरनगर निवासी करिब ३५ वर्षीय सौमेन गुचैट र जोतेकानुरामगढ़ निवासी करिब २५ वर्षीय अमित दास रहेका छन्।

Advertisement

उनीहरू काठमाडौंस्थित विभिन्न सुन पसलहरूसँग मिलेर ग्राहकको अर्डरमा बनेको सुन गहना लिएर भागेको सूचनाका आधारमा निगरानी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Advertisement

बरामद सुनका झुम्का: २ सेट (करीब ८२ लाल) सुनको रिङ्ग: १ सेट (करीब ३० लाल) सिक्री लकेट: १ थान (करीब ३० लाल) सुनको गणेश–लक्ष्मी मूर्ती लकेट: १ थान (करीब ४ लाल) सुनका टुक्रा: करीब १ तोला चाँदीको लक्ष्मी मूर्ती: करीब २ तोला रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *