Categories समाचार

जडीबुटी उत्पादन केन्द्रमा आगजनी गर्नेमध्ये चारजना पक्राउ

Advertisement

काठमाडौं l कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा प्रहरीले चारजनालाई प्रकाउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का लाई प्रहरीले चैत १८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।

Advertisement

त्यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका-३ बस्ने सुशील बराललाई चैत १९ गते, रामेछापको गोकुलगंगा गाउँपालिका-२ निवासी केशव बस्नेत र सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पनि प्रहरीले उक्त उद्योगमा आगो लगाएको अभियोगमा पक्राउ गरेको छ।

Advertisement

तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेको पाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *