Categories समाचार

गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा १७ वर्षपछि पक्राउ

Advertisement

काठमाडौं । पर्सामा १७ वर्षअघि भएको गोलिकाण्ड पछि फरार भएका प्रतिवादी साधुको भेषमा भेटिएका छन् । २०६४ वैशाख २५ मा पर्साको बहुअर्वाभाठा बस्ने ढोडा मुखियाको हत्यामा संलग्न लोकनाथ साह तेली साधुको भेषमा भेटिएका हुन् । 

पर्साको बिन्दवासिनी गाउँपालिका–२ घर भएका ६२ वर्षीय तेलीलाई १७ वर्षपछि पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी सुधिर शाहिले बताए । उनि भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा साधु बनेर लुकेर बसेका थिए ।

Advertisement

नेपालतर्फ आएको सुचना पाएपछि चैत २५ मा उनलाई बीरगञ्जबाट पक्राउ गरिएको एसपी शाहिले जानकारी दिए । ढोडा मुखियासँग प्रतिवादी र अर्का एकजना मिलेर ७४ हजारमा जग्गा खरिद गरेका थिए । जग्गाको मुल्यबापत ६४ हजार रकम दिएपनि १० हजार बाँकी रकममा विवाद भएको पाइएको छ ।

Advertisement

१० हजार रुपैयाँ नदिन  खोजेपछि विवाद हुँदा तेलीले जग्गाधनी मुखियालाई छलफल गर्न बोलाएर गोली प्रहार गरेका हुन् । गोली लागेर मुखियाको ज्यान गएको थियो ।

२०६९ कार्तिकमा सर्वोच्च अदाललते तेलीलाई सर्वस्व सहित जन्म कैद हुने ठहर गरेको थियो । प्रतिवादीलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको छ । साभार : रातोपाटी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *