Categories समाचार

अमेरिकाले लगायो चीनमाथि १०४ प्रतिशत कर

काठमाडौं l अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । अब चीनमाथिको कूल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।

आफ्नो दोस्रो कार्यकालको शुरूमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि, जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे, चीनमा थप ३४ प्रतिशत कर लगाइयो। अब ५० प्रतिशत भन्सार महसुलपछि कुल आयात महसुल १०४ प्रतिशत पुगेको हो ।  ट्रम्पले सोमबार नै भनेका थिए कि यदि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा उसले चीनमाथि थप ५० प्रतिशत कर लगाउनेछ।

Advertisement

ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ब्ल्याकमेल स्वीकार नगर्ने र यसको विरुद्ध अन्त्यसम्म लड्ने बताएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *