Categories अन्तर्राष्ट्रिय

बिहारमा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, कन्हैया कुमार गिरफ्तार

Advertisement

बिरगंज l बिहारको पटनामा भारतीय कंग्रेसको ‘पलायन रोक, रोजगारी देऊ यात्रा’का क्रममा शुक्रबार प्रहरीले नेता कन्हैया कुमारसहित पार्टी कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ।

कंग्रेसको र्‍याली बिहारका मुख्यमन्त्री नितिश कुमारको निवासतर्फ अघि बढ्दै गर्दा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

Advertisement

र्‍यालीका क्रममा प्रहरीले कंग्रेस कार्यकर्तालाई लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको थियो।

Advertisement

यसैबीच कन्हैयाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रो रोजगारी यात्रा टुंगिएको छैन, बरु यो पहिलो चरण हो, जसमा हामी रोजगारीको मुद्दालाई केन्द्रमा ल्याउन सफल भएका छौँ।’

पटनामा कन्हैया कुमार मुख्यमन्त्री नितिश कुमारलाई ज्ञापनपत्र बुझाउन कंग्रेसको कार्यालय सदकत आश्रमबाट निस्केका थिए। उनको यो यात्रामा कंग्रेस नेता सचिन पायलट, सुप्रिया श्रीनेटलगायत धेरै नेता सामेल थिए।

हिरासतमा परेपछि कन्हैया कुमारले पत्रकारूसँग भने, ‘हामीले पानीको तोप मागेका होइनौँ, हामी पानी हाम्रो धारामा आओस् भन्ने चाहन्छौँ।’

उनले थपे, ‘सरकार धारामा पानी दिँदैन, विद्यार्थी र युवामाथि खन्याउँछ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *