Categories अन्तर्राष्ट्रिय

दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय

अमेरिका l अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले विदेशी दर्ता ऐनअन्तर्गत अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। दर्ता नगरे जरिवाना, जेल सजाय वा दुवै हुन सक्ने चेतावनी दिइएको छ।

प्रेस सचिव क्यारोलिन लाभेटले शुक्रबार भनिन्, ‘आज अप्रिल ११ दर्ताको अन्तिम मिति हो। ३० दिनभन्दा बढी समयदेखि अमेरिकामा रहेका सबै विदेशीले संघीय सरकारमा दर्ता गर्नुपर्छ। यो पालना नगर्नु अपराध हो, जसको सजाय जरिवाना, जेल वा दुवै हुन सक्छ।’

Advertisement

उनले राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएमको भनाइ उद्धृत गर्दै थपिन्, ‘दर्ता नगर्ने विदेशी पक्राउ पर्नेछन्, जरिवाना तिर्नुपर्नेछ, देश निकाला गरिनेछ र कहिल्यै अमेरिका फर्कन पाउने छैनन्।’

Advertisement

गृह सुरक्षा विभागको अप्रिल ११ को प्रेस विज्ञप्तिअनुसार ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताबिना अमेरिकामा रहेका विदेशीले तुरुन्तै दर्ता गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *