Categories समाचार

सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश दर्ता नम्बर २–०३–०२१ प ६३०७ रहेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै ज्यान गएको हो।

Advertisement

दुर्घटनामा मृत्यु हुने व्यक्ति परवानीपुर गाउँ निवासी प्रदीप गुप्ता रहेको प्रत्यक्षदर्शी रामबाबु सोनलले जानकारी दिएका छन्।

Advertisement

ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि सोही समयमा सरकारी नम्बर प्लेट भएको ट्रयाक्टरलाई पनि ठक्कर दिएको थियो। ट्रयाक्टरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिई पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *