Categories समाचार समाज

आफ्नै नाबालिका छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा बुवा पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा आफ्नै छाेरीलाई बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रमा बस्ने ४१ वर्षीय पुरुष रहेका छन्। उनि सुरक्षा गार्डमा कार्यरत रहेकाे प्रहरीले जनाएको छ।

ती पुरुषले आफ्नै जेठी पत्निपट्टीकी १४ वर्षीया नावालिका छोरीलाई पटक पटक बलात्कार गरेकाे प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार, पीडित बालिकाकी आमाले साेमबार प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीमा उल्लेख भएअनुसार, ती व्यक्तिले आफ्नै कोठामा छोरीलाई पटक–पटक करणी गर्दै आएका थिए। पछिल्लो पटक साेमबार बिहान ६ बजे उनले पुनः करणी गरेको र कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

Advertisement

जाहेरीको आधारमा प्रहरीले ती आरोपितलाई साेमबार नै उनको कोठाबाट नियन्त्रणमा लिएको हो।उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *