Categories अन्तर्राष्ट्रिय

आमा दिदी भिनाजुसँग घुम्न कश्मिर गएका सुदीपको आक्रमणमा मृत्यु

Advertisement

काठमाडौँ l भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ। जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल बस्ने २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको हो ।

वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेले सुदीपको मृत्यु भएको पुष्टि गरेका हुन् । शनिबारमात्रै घुम्न भनेर घरबाट आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपको मृत्यु भएपनि अन्य तीनजना सकुशल रहेको वडाध्यक्ष दधिराम न्यौपानेले बताए ।

Advertisement

वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूह हो भन्दै सोधेपछि एकाएक गोली हानेको थियो।

Advertisement

यस्तै उक्त आक्रमणमा कम्तीमा २७ पर्यटकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले आक्रमणमा परे नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान गएको बताएका थिए । तर, नेपालको ठेगाना र आधिकारिकता पुष्टि हुन सकेको थिएन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *