Categories समाचार

सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगियो

Advertisement

रुपन्देही l बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको हमलामा ज्यान गुमाएका सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको हो । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।

उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *