Categories अन्तर्राष्ट्रिय

भारतको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु, दुई जना घाइते

Advertisement

काठमाडौँ l भारत पश्चिम बंगाल राज्यको कोलकता सहरमा एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

त्यहाँको ऋतुराज होटलमा स्थानीय समय अनुसार मंगलबार राति ८:१५ बजे भीषण आगलागी भएको थियो। कोलकाता प्रहरी आयुक्त मनोज कुमार बर्माले यो घटनाको पुष्टि गर्दै आगलागीको कारण पत्ता लगाउन विशेष टोली गठन गरिएको जानकारी गराए।

Advertisement

प्रारम्भिक अनुसन्धानमा बिजुलीको मिटर नजिकैबाट आगो सुरु भएको देखिएको छ। प्रत्यक्षदर्शीका अनुसार आगो होटलको भान्साबाट सुरु भएको हुन सक्छ। तर अनुसन्धानपछि अन्तिम कारण खुल्नेछ। आगो नियन्त्रणमा ल्याइएको अधिकारीहरूलाई उदृधत गर्दै भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

Advertisement

दमकल र उद्धारकर्मीले करिब एक दर्जन मानिसलाई बाहिर निकाले। चौथो तलाबाट हाम फाल्ने प्रयासमा दुई जना घाइते भएका छन्। प्रत्यक्षदर्शीले आगोबाट बच्न धेरैले झ्याल र साँघुरो किनाराबाट भाग्ने प्रयास गरेका थिए।

पाँचतले यो होटलमा प्रायःअन्य राज्यबाट आएका व्यापारी बस्ने गर्छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *