Categories राजनीति

जनमत-उन्मुक्ति बिच आज एकीकरण हुदैँः २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

काठमाडौँ l तराई मधेस केन्द्रित दुई दल बिच आज पार्टी एकीकरण हुदैँछ ।

सङ्घीय संसद्को सबैभन्दा ठुलो दल जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो ।

Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजे देखी घोषणा सभा सुरु गरिने जनाइएको छ ।

Advertisement

जसअनुसार उन्मुक्तिका संरक्षक रेसम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ।

साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्वीकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको  छ। एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्सीय केन्द्रीय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तीमा ७ सय केन्द्रीय सदस्य रहने  भएका छन्  ।

जसअनुसार दुई पार्टीबिच एकता भएपछि प्रतिनिधि सभामा १० सिटसहित छैटौँ ठुलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *