Categories समाचार

अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ

Advertisement

बिरगंज l पर्साको कलैया उपमहानगरपालिका–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीको एक घरबाट अस्ति मङ्गलवार राति उद्धार गरेको जानकारी दिनुभयो ।

Advertisement

त्यस्तै उहाँले अपहरणमा संलग्न रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताउनुभयो । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।

Advertisement

पर्सा जिल्ला अदालतबाट हिजो शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *