Categories एजेन्सी

दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न

Advertisement

भारत l भारतको राजधानी दिल्लीमा शुक्रबार बिहानैदेखि भीषण हुरीसहित भारी वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जसका कारण अहिले त्यहाँका सडकहरू जलमग्न भएका छन् भने ठाउँठाउँमा रूख ढलेका छन्। भारतीय मौसम विभागले दिल्ली एनसीआरमा खराब मौसमको चेतावनी दिएको छ र मानिसहरूलाई सतर्क रहन सल्लाह दिएको छ।

Advertisement

मौसम अझै बिग्रन सक्ने सम्भावना रहेकाले सुरक्षित स्थानमा सर्ने तयारीमा रहन पनि मौसम विभागले सचेत गराएको छl मानिसहरूलाई सम्भव भएसम्म झ्यालढोका बन्द गरेर घरभित्रै बस्न भनिएको छ।

Advertisement

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत यात्रुहरूका लागि सूचना जारी गरेको छ।दिल्लीमा खराब मौसम र आँधीबेहरीका कारण दिल्ली विमानस्थलका केही उडान प्रभावित भएको बताइएको छ।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानबारे जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *