Categories समाचार

‘पेस्तोल डान्स’ गरेर फेसबुकमा पोस्ट गर्ने डा. बबी सिंह प्रहरीको सम्पर्कमा रहेन ‘सर्त’मा रिहा

Advertisement

काठमाडौँ । ‘पेस्तोल डान्स’ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने जसपाकी केन्द्रीय सदस्य डा. बबी सिंहलाई प्रहरीले सम्पर्कमा रहेन ‘सर्त’मा रिहा भएकी छन् । घटना बाहिरिएपछि उनलाई प्रहरीले बाेलाएकामा बिहीबार साँझ कागज गरेर छाडिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए । 

सप्तरी घर भएकी बबीले सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा नाच्दा पेस्तोल फायर गरेको स्वीकार गरेकी छन् । सो पेस्तोल नक्कली भएको उनले दाबी गरेको एसपी खतिवडाले बताए ।

Advertisement

डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ l बिहीबार सामाजिक सञ्जालमा उनले पेस्तोल पड्काउँदै डान्स गरेको भिडियो भाइरल भएसँगै सप्तरी प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *