Categories समाचार

विश्व प्रेस स्वतन्त्रता दिवस : वीरगंजमा प्रभातफेरी र कोणसभा 

Advertisement

वीरगंज l “बलियो नयाँ युगमा रिपोर्टिङ  प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने मुल नारा सहित वीरगंजमा ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा शनिबार सो दिवस मनाइएको हो ।  सो अवसरमा वीरगंजको घण्टाघरबाट प्रभातफेरी  निकालि पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

Advertisement

कार्यक्रममा पत्रकारिता कर्म गर्दागर्दै प्राणको आहुति दिएका पत्रकारहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वतन्त्र र जिम्मेवार प्रेसको महत्त्वमाथि जोड दिएका थिए । 

Advertisement

कोणसभामा वक्ताहरूले प्रेस स्वतन्त्रता संरक्षण, पत्रकार सुरक्षाको प्रत्याभूति, र उत्तरदायी पत्रकारिताको अभ्यासका विषयमा आफ्ना धारणा राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *