वीरगञ्ज। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भोलेन्टियर समूह वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र पर्सामा आयोजित उक्त कार्यक्रम केही समूहमा देखिएको रगत अभावलाई पुरा गर्नका लागि सञ्चालन गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा सहभागिता जनाएर ५६ जनाले रक्तदान गरेका थिए, जसमा २ जना महिला पनि थिए।
कार्यक्रममा भोलेन्टियर टिम वीरगञ्जका महासचिव श्याम सरार्फ, संयोजक राजन श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्र विशेष अतिथिका रूपमा सहभागी थिए।
रक्तदान गर्नेहरूमा अनिता ठाकुर, पवन देवकोटा, रमेश केसी, दीपक पटेल, प्रकाश कुमार, सागर पटेल लगायत अन्य स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार, यस प्रकारका कार्यक्रमहरूले आपतकालीन अवस्थामा रगतको अभाव हटाउन सहयोग गर्नुका साथै समुदायमा सेवा भावना र मानवता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।






