Categories समाचार

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्

Advertisement

काठमाडौं । अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ ।

वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि (https://www.dvlottery.state.gov/) यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ ।

Advertisement

त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

Advertisement

के हो अमेरिकी डिभी ?
खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो ।

यसअनुसार हरेक वर्ष विभिन्न मुलुकका आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ। डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन । हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ ।

यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *