Categories समाचार

नगरवासीलाइ निशुःक बिधुत, मौलापुरले बुझायाे अढाई करोड

Advertisement

रौतहट l रौतहट स्थित मौलापुर नगरपालिकाले नगरवासीको विधुत महशुल बापत अढाई करोड भन्दा बढी रुपैयाँ विद्युत प्राधिकरणलाई बुझाउने भएको छ।

अत्यन्तै लोकप्रिय कार्यक्रम …फ्री बिजुली पानी अन्तर्गत जनताको कृषि तथा घरायसी मिटरको सम्पुर्ण विद्युत महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रलाई निरन्तर बुझाउदै आएकी छिन ।

Advertisement

सोही कार्यक्रम अन्तर्गत मेयर साहले बैशाख महिनाको विद्युत् महशुल बापतको २२ लाख १० हजार बराबरको चेक प्राधिकरणलाई हस्तान्तरण गरेकी हुन्। यस सँगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई निकासा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए । 

Advertisement

मौलापुरमा पहिलो पटक मेयर पदमा निर्वाचित भएपछी रिना कुमारी साहको निर्देशनमा सञ्चालन गरिएको  जनमुखी कार्यक्रम …फ्री बिजुली पानी विगत ८ वर्षदेखि सफल रूपमा निरन्तर चल्दै आएको छ। मेयर साह आमजनता पार्टीका केन्द्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको श्रीमती हुन्। उनी २०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र २०७९ को स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेको टिकटबाट निर्वाचित भएकी हुन् । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *