Categories समाचार

श्री राम जानकी मन्दिरलाई उपकार सेवाको “पंखा” सहयोग

Advertisement

वीरगन्ज । निरन्तर सामाजिक कार्य गर्दै आएको उपकार सेवा नेपालले एक मन्दिरमा सिलिङ्ग पंखा सहयोग गरेको छ ।

उपकार सेवा नेपालको आर्थिक सहयोगमा वीरगन्ज महानगरपालिका वार्ड न.११ रानीघाट स्थित रहेको श्री रामजानकी मन्दिरमा सिलिङ्ग पंखा प्रदान गरिएको हो ।

Advertisement

भीषण गर्मीलाई मध्य नजर गर्दै बटुवाका साथै स्थानीयहरु भेला हुने प्रसिद्ध स्थलको रुपमा रहेको सो मन्दिरलाई ४ थान सिलिङ्ग पंखा मन्दिर प्राङ्गणमै एक कार्यक्रम गरि हस्तान्तरण गरिएको समाजसेवी प्रकाश थारुले जानकारी गराए ।

Advertisement

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले मन्दिरका मुल पुजारी बालक बाबालाई सो पंखा हस्तान्तरण गरेकी हुन ।
सो अवसरमा स्थानीय अगुवा लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियोे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *