Categories खेलकुद

रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा

काठमाडौं l भारतीय क्रिकेट कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले बुधबार साँझ इन्स्टाग्राममार्फत सन्यासको जानकारी दिएका हुन्।

रोहितले लेखेका छन्, “टेस्ट क्रिकेटबाट सन्यास लिँदैछु। यो यात्रा गौरवपूर्ण रह्यो। सबैको माया र समर्थनका लागि धन्यवाद। म एकदिवसीय खेल जारी राख्नेछु।”

Advertisement

वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा भारत पुग्न नसकेको र इंग्ल्यान्ड भ्रमणमा कप्तानीबाट हटाइने चर्चा चलिरहेका बेला रोहितको यो निर्णय आएको हो। रोहितले २०१३ मा टेस्ट डेब्यु गरेका थिए।

Advertisement

उनले ६७ टेस्ट खेलमा ४३०१ रन बनाएका छन्, जसमा १२ शतक समावेश छन्। घरबाहिर उनको प्रदर्शन कमजोर देखिएको थियो, विशेष गरी अष्ट्रेलिया र दक्षिण अफ्रिकामा।

अब उनको स्थान यशस्वी जायसवाल वा केएल राहुलले ओपनिङमा लिन सक्ने आँकलन गरिएको छ। भारतीय क्रिकेट बोर्डले छिट्टै नयाँ टेस्ट कप्तान घोषणा गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *