Categories समाचार

आतंकवादविरुद्धको लडाइँमा साथ र समर्थन छ : मेयर राजेशमान सिंह

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भारतको पहलगाममा भएको आतंकवादी हमलाको घोर भर्त्सना गर्दै आतंकवादविरुद्धको लडाइँमा समर्थन व्यक्त गरेका छन्।

शनिबार आफ्नो फेसबुक पेजमा पोस्ट गरिएको एक स्टाटसमार्फत मेयर सिंहले अप्रिल २२ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गर्दै उक्त हमलाको कडा निन्दा गरेका हुन्।

Advertisement

सिंहले भनेका छन्, “भारतको पहलगाममा भएको आतंकवादी हमलाको घोर भर्त्सना गर्दछौं। जुनसुकै नाम वा स्वरूपको आतंकवाद विरुद्धको लडाइँमा हाम्रो साथ र समर्थन छ। भगवान गौतम बुद्धको देशबाट हामी क्षेत्रीय तथा विश्व शान्ति र अमनचयन कायम होस् भन्ने चाहन्छौं।”

Advertisement

उक्त हमलामा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएको पुष्टि भइसकेको छ। यस घटनालाई लिएर पछिल्लो केही दिनयता भारत र पाकिस्तानबीचको तनाव चर्किएको छ। दुबै देशले एक–अर्काको सीमावर्ती क्षेत्रमा ड्रोन र एयरजेटमार्फत मिसाइल हमला गरिरहेका छन्।

मेयर सिंहले नेपाल शान्तिको देश भएको स्मरण गराउँदै, विश्वभर अमनचयन कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। उनले आतंकवाद जस्तो अमानवीय कार्यप्रति कुनै पनि किसिमको समर्थन अस्वीकार्य रहेको धारणा स्पष्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *