Categories रासस

क्यानडामा काम पाउन छोड्यो, लगातार बढ्दै बेरोजगारी दर

Advertisement

काठमाडौँ l क्यानडाको बेरोजगारी दर अप्रिलमा ०.२ प्रतिशत अंकले बढेर ६.९ प्रतिशत पुगेको छ। मार्चमा पनि ०.१ प्रतिशत अंकले बढेको बेरोजगारी दरको तथ्यांक राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार सार्वजनिक गरेको छ।

यो वृद्धिपछि बेरोजगारी दर सन् २०२४ को नोभेम्बरको स्तरमा पुगेको छ, जुन जनवरी २०१७ यताकै उच्च हो।

Advertisement

निकायका अनुसार अप्रिलमा रोजगारी खोज्ने व्यक्तिहरूले गत वर्षको तुलनामा धेरै कठिनाइ भोगेका छन्। मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार रहे, जुन गत वर्षको तुलनामा उच्च अनुपात हो।

Advertisement

अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन भएन, तर रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको छ। १५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीमध्ये १३.२ प्रतिशतले आगामी छ महिनामा कार्यस्थलमा कर्मचारी संख्या घट्ने अनुमान गरेका छन्।

अमेरिकी मागमा निर्भर क्यानाडाली निर्यात उद्योगमा कार्यरत कर्मचारीमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *