काठमाडौँ l नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज (सोमबार) पनि तीन हजार सातसय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला एक लाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको छ । हिजो (आइतबार) सुनको मूल्य एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो। गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य हिजो थप तीनसय रुपैयाँ घटेको थियो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला एक लाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको छ । हिजो )आइतबार) सुनको मूल्य एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो। गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य हिजो थप तीनसय रुपैयाँ घटेको थियो।
यस्तै वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।


