Categories समाचार

सडक नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छुः चित्रबहादुर केसी

Advertisement

काठमाडौं l राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुननसक्नु विडम्बनापूर्ण रहेको बताएका हुन्।

सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग माग गरे। उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भए पनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बोलिदिनुपर्ने उनको भनाइ थियो।

Advertisement

‘पुष्पलाल राजमार्ग शुरु भएको २२ वर्ष भयो तर सत्ताधारी प्रधानमन्त्रीदेखि लिएर सबैको आउजाउ भइरहेको छ। तर, हिउँदमा धुलो र वर्षमा हिलोले उत्तिकै नोक्सान गरिरहेको छ, उनले भने, मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्लि हात गरे।

Advertisement

मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ। हाम्रो सांसदले नगरेर हो। गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ। मैले यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो। यो बाटो सांसद आउँदैछ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन्। मैले अर्कै बाटोबाट हिँड्नुपर्ने अवस्था छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *