Categories समाचार

केटी साथीको कोठामा राति गएका एक युवकको मृत्यु

Advertisement

काठमाडौँ l ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । 

सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो ।

Advertisement

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७:३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन् ।

Advertisement

घटनाबारे आज बिहान मात्रै थाहा पाएको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछबाट युवती काभ्रेको भएको खुलेको छ । उनको उमेर २२ वर्ष हो । राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई अस्पताल पुर्‍याएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *