वीरगन्ज । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नगवाले स्थानीयबासीको सहजताका लागि खोप केन्द्र थपेको छ ।
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नगवा अन्तर्गत साप्ताहिक खोप क्लिनिक प्रत्येक महिनाको पहिलो शनिबार दरबार टोल वडा नं. १६ मा आजदेखि सुरु भएको हो ।
अरु दिन आआफ्नो काममा व्यस्त अभिभावकलाई मध्यनजर गर्दै शनिबार सेवा सुरु गरिएको इन्चार्ज अरुण यादवले जानकारी गराए ।
उनका अनुसार नियमित खोप निर्धारित ठाउँमा सञ्चालन हुनुका साथै यो सेवा थप गरिएको हो ।
प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुने सो केन्द्रमा पुजा ठाकुर र राधिका रानु पाठकले सेवा दिने इन्चार्ज यादवले बताए ।






